सिरियाली सेनाको बसमा आइएसको आक्रमण, २३ सैनिकको मृत्यु

युद्धग्रस्त सिरियाको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा २३ सैनिकको मृत्यु भएको छ ।

सन् २०१९ मा सिरियामा आफ्नो अन्तिम भू–भाग गुमाए पनि आइएसले सिरियाको विशाल मरुभूमिमा लुकेर बसेको स्थानबाट आक्कलझुक्कल आफ्नो उपस्थिति देखाउँदै आएको छ ।   

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले इस्लामिक स्टेट ९आइएस०का सदस्यले बिहीबार देइर एजोर प्रान्तमा एउटा सैन्य बसलाई निशाना बनाएको जनाएको छ ।

सिरियामा रहेका स्रोतको नेटवर्कमा निर्भर रहेको बेलायतस्थित उक्त समूहले पछिल्लो आक्रमणमा परी २३ सैनिकको मृत्यु हुनुका साथै अन्य १० जनाभन्दा बढी घाइते भएको जनाएको छ ।

सिरियाको विशाल बाडिया मरुभूमिमा रहेको देइर एजोर प्रान्तको मायादीन क्षेत्रमा जिहादीहरूले बसलाई घेरेर गोली चलाएपछि भएको झडपपछि दर्जनौं (अन्य) सैनिक सम्पर्कमा आउन सकेका छैनन् । 

सिरियाको सरकारी समाचार संस्था सानाले नाम नखुलाइएका एक सैन्य स्रोतलाई उद्धृत गर्दै उक्त ‘आतङ्ककारी हमला’का कारण कैयौँ सैनिक हताहत भएको जनाएको छ ।



सिरियाली सरकारी सेना र उनीहरूका सहयोगी इरानी समर्थित सशस्त्र समूहहरू शुक्रबार बिहान डेर एजोरमा तैनाथ उच्च सतर्कतामा रहेको अब्जरभेटरीले जनाएको छ ।

अब्जरभेटरीका रामी अब्देल रहमानले भने, ‘आइएसले सम्भव भएसम्म धेरैभन्दा धेरै मृत्युहरू निम्त्याउने लक्ष्यसाथ पछिल्लो समय आफ्नो घातक सैन्य आक्रमणलाई बढाइरहेको छ ।’ 
 
सन् २०१९ को मार्चमा आइएसले सिरियामा आफ्नो कब्जामा रहेको अन्तिम भूभाग अमेरिकी नेतृत्वको गठबन्धनसमर्थित कुर्दिश नेतृत्वको प्रतिआक्रमणका कारण गुमायो, तर जिहादी अवशेषले घातक आक्रमण जारी राखेको छ । 



  • प्रकाशित मिति : साउन २६, २०८० शुक्रबार २०:४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया