पहिरोले अवरुद्ध जयपृथ्वी र दशरथचन्द राजमार्ग सञ्चालनमा
फाइल तस्बिर

पहिरोका कारण अवरुद्ध भएका बैतडीका जयपृथ्वी र दशरथ राजमार्ग पुनःसञ्चालन आएका छन् । गएराति खसेको पहिरोले जयपृथ्वी राजमार्गको झौलेक र श्रीभावर तथा दशरथचन्द राजमार्गको सतबाँझ नजिक अवरुद्ध भएको थियो । 

सडक माथिबाट खसेको तीनवटै स्थानको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालन भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

राजमार्ग सञ्चालन भएसँगै रोकिएका सवारीसाधन र यात्रु आ आफ्नो गन्तव्यतर्फ लागेका  छन् । लगातारको  वर्षाका कारण यहाँको जनजीवन प्रभावितसमेत भएको छ ।  





  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार १०:५२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया