logo-img

माधव नेपाल र बाबुराम भट्टराईमाथि छानबिन गर्नेबारे सत्ता गठबन्धनमा छलफल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सत्ता गठबन्धनबीच ललितानिवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले हालै दिएको आदेशबारे छलफल भएको छ । एक साताअघि सर्वोच्चले सो प्रकरणका निर्णयकर्तामाथि पनि अनुसन्धान गर्न आदेश दिएकाे थियाे । 

तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्नुपर्ने गरी सर्वोच्चले आदेश गरेपछि सत्ता गठबन्धनमा यसबारे छलफल भएकाे हाे ।  

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सहभागी छन् । 



युरोप भ्रमणमा रहेका नेपाल उनी सोमबार बिहान मात्रै नेपाल आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालले सो प्रकरणको छानबिनमा आफूले सहयोग गर्ने बताएका थिए । 

यता, अर्का पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराइले सो प्रकरणको छानबिनमा आफूले सहयोग गर्ने बताएका छन् । 

सत्ता गठबन्धनको बैठकमा संसदको जारी अवरोधबारे पनि छलफल भएको छ । कसरी संसदको अवरोध खुलाउने भन्ने विषयमा पनि सत्ता गठबन्धनमा छलफल भएको हाे ।



सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।  



  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार १९:३०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया