अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०२० मा भएको राष्ट्रपति निर्वाचनमा धाँधली गरेको आरोप लागेको छ । उनले सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा जर्जियामा निर्वाचनका दौरान धाँधली गरेको आरोप लागेको एक स्थानीय सञ्चारमाध्यमले जिकिर गरेको छ ।
यस वर्ष पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध दायर भएको यो चौथो फौजदारी अभियोग हो । यसअघि पनि ट्रम्प र अन्य १८ जनाविरुद्ध दक्षिणपूर्वी अमेरिकामा आपराधिक आरोप लागेको थियो ।
ट्रम्पविरुद्ध राज्यको र्याकेटियरिङ ऐन उल्लंघन गर्ने, सरकारी अधिकारीलाई आफ्नो शपथमा उल्लंघन गर्न आग्रह गरेको, सरकारी अधिकारीको नक्कल गरेको, राज्यविरुद्ध षडयन्त्र गरेको लगायतका १३ वटा मुद्दा लगाइएको थियो ।
अहिलेको अभियोग भने फुल्टनका जिल्ला न्यायाधिवक्ता फानी विलिसद्वारा साढे २ वर्षको अनुसन्धानपछि लगाइएको हो । फुल्टन काउन्टी ग्राण्ड जुरीद्वारा जारी गरिएको ४१ पन्ने अभियोग पत्रमा उनी र अन्य १८ जनामाथि ठगीको मामिलामा अभियुक्त बनाइएको छ । उनीहरूमाथि अभियोग चलाइनेछ ।
ट्रम्पले सबै आरोप खारेज गर्दै आएका छन् । फेब्रुअरी २०२१ मा फुल्टन काउन्टीका जिल्ला अधिवक्ता फानी विलिसले ट्रम्प र उनका सहयोगीविरुद्ध चुनावी हस्तक्षेपको आरोपमा अनुसन्धान सुरु गरेका थिए ।
अभियुक्तको सूचीमा ट्रम्पका पूर्व वकिल रुडी जिउलियानी, ह्वाइट हाउसका पूर्व चीफ अफ स्टाफ मार्क मेडोज, ह्वाइट हाउसका पूर्व सल्लाहकार जोन इस्टम्यान र न्याय विभागका पूर्व अधिकारी जेफ्री क्लार्कको नाम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।