logo-img

नेपाल-भियतनाम सीधा उडानका लागि पहल गर्ने राजदूत न्गुयेनको प्रतिबद्धता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपालका लागि भियतनामी राजदूत न्गुयेन थान हाईले नेपाल र भियतनामबीच सीधा हवाई उडानको सम्भावना रहेको उल्लेख गर्दै यसका निमित्त आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । राजदूत थान हाईको सम्मानमा बुधबार नेपाल भियतनाम चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उनले दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको उच्च सम्भावना रहे पनि कनेक्टिभिटीको समस्या रहेको धारणा राखे ।

'हामीले भारतका विभिन्न सहरमा सीधा उडान सञ्चालन गरिरहेका छौँ र यो अझै विस्तार हुने क्रममा छ,' नेपालका लागि गैरआवासीय राजदूत न्गुयेन थान हाइले भने, 'नेपाली पक्षले पनि सीधा उडानका लागि पहल गर्नुपर्छ र हामी आफ्नो तर्फबाट सीधा उडानका लागि प्रयास गर्नेछौँ ।'

राजदूत न्गुयेन थान हाइले नेपालको काठमाडौं र लुम्बिनीमा सीधा उडानको सम्भावना रहेको उल्लेख गर्दै उडानसँगै पर्यटन लगायत अन्य क्षेत्रमा सहकार्य विस्तार हुने धारणा राखे । नेपालबाट अष्ट्रेलिया, युरोपलगायत तेस्रो मुलुक जाने पर्यटकलाई पनि भियतनाम ट्रान्जिट भएर जान सहज हुने उनको भनाइ छ ।



यसअघि भियतनामका लागि अवैतनिक वाणिज्यदूत (कन्सुलर) राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवर्द्धका लागि लुम्बिनी–भियतनाम सीधा उडानको लागि पहल गर्न आग्रह गरेका थिए । श्रेष्ठले नेपाली कफी र हस्तकलाको भियतनाम राम्रो बजार बन्नसक्ने भएकाले व्यापारमा सहजीकरणका लागिसमेत राजदूत न्गुयेन थान हाइसँग आग्रह गरे ।

दुवै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्धलगायत क्षेत्रमा सहयोग आदानप्रदानका लागि कन्सुलर श्रेष्ठको आग्रह थियो ।





  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार १७:४७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया