logo-img

सरकारको संलग्नताबिना विमानस्थलबाट सय किलो सुन बाहिरिन सक्दैन : कांग्रेस सांसद केसी
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतोबिना विमानस्थलबाट सय क्विन्टल सुन बाहिरिन नसक्ने बताएका छन् । बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । 

उनले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सय किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरूको मिलेमतो बिना बाहिरिन नसक्ने बताए । उनले दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट सय क्विन्टल सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताए । उनले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने बताए । 

उनले भने, ‘प्रतिपक्षले संसद् अवरोध गर्ने अनि सत्तापक्षलाई गाली गरेर के हुन्छ ? संसद्लाई जहिले पनि बन्धक राख्ने कुरा प्रतिपक्षको निरन्तर स्वभावकै रूपमा परिणत भएको छ । पहिला ५९ दिन संसद् बन्द भएको इतिहास छ । अहिले पनि त्यस्तै चल्दै छ । हामी पनि प्रतिपक्षमा बसेको हो, हामीले कति दिन संसद् चल्न दियौँ । त्यस करणले संसद् बन्दको विकल्पमा अरू बाटो खोल्नुपर्छ । उहाँहरूले उठाउनुभएको इएस्युजहरुमा कतिपयमा हाम्रो पनि सहमत छ । जाँचबुझ ऐन, २०२६ अन्तर्गत उच्चस्तरीय न्यायिक समिति बनाउनुपर्छ भनेर म आफैँ पनि भनिरहेको छु । सर्वोच्च अदालतको न्यायाधीश, पूर्वन्यायाधीशहरु राखेर समिति बनाऔँ । एउटा सियो, एउटा मोबाइल, दुई तोला सुन एक्सरे गरेर हेर्ने एयरपोर्ट सत्तामा बसेका शक्ति सम्पन्न व्यक्तिको मिलेमतो र संलग्नता नभईकन एक क्विन्टल सुन एयरपोर्टबाट बाहिर निस्किन्छ ? त्यसलाई छान्नको निम्ति निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्छ ।’



नेता केसीले संसद् बन्धक राख्ने कुरा प्रमुख प्रतिपक्षको स्वभावका रूपमा परिणत हुँदै गएको पनि बताए ।  





  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार १५:२९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया