logo-img

तरकारी र फलफूलको मूल्यमा सामान्य घट्बढ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रवारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, बजारमा आज नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १३० रुपैयाँ तोकिएको छ । लोकल सानो गोलभेँडा ७५ रुपैयाँ प्रतिकेजी रहेको छ । रातो आलुको मूल्य स्थिर ५० रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ६० रुपैयाँ रहेको छ । आज स्थानीय काउली प्रतिकेजी १०० रुपैयाँ पुगेको छ । 

त्यस्तै, कन्य च्याउको मूल्य प्रतिकेजी १८० रुपैयाँ रहेको छ । डल्ले च्याउको मूल्य ३५० रुपैयाँमा विक्रि भएको छ । गाजरको मूल्य प्रतिकेजी २० रुपैयाँले बढेर आएको छ । गाजर प्रतिकेजी ११० रुपैयाँ पुगेको छ  ।  घिउ सिमी लोकल ११०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ । 

तितो करेला ६०, लौका ७०, परवल ७०, घिरौला ५०, फर्सी पाकेको ५०, काँक्रो लोकल ६०, भिण्डी ८०, स्कूस ७०, प्याज हरियो १३०, रायो साग ११०, कुरीलो ५५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ । 

त्यस्तै, केरा दर्जनको १३० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य हिजोको तुलनामा स्थिर प्रतिकेजी ३५० नै कायम छ । कागती १५०, अनार प्रतिकेजी २८० रुपैयाँ न्यूनतम् मूल्य तोकिएको छ । साथै, तरबुजा हरियो ७०, मौसम १२०, कालो अंगुर ४०० र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्यूनतम् मूल्य तोकिएको छ ।





  • प्रकाशित मिति : भदौ १, २०८० शुक्रबार ८:३१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया