logo-img

मैदानमै ढलेका फिफा सहायक रेफ्री विक्रम चौधरीको निधन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

फिफा सहायक रेफ्री विक्रम चौधरीको निधन भएको छ । नेपाल फुटबल संघ (एन्फा) का अनुसार उनको ४१ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

नेपाली सेनामा कार्यरत चौधरी अभ्यासका क्रममा बिहान करिब पौने १० बजेतिर भद्रकालीस्थित मैदानमै ढलेका थिए । मैदानमा ढल्नेबित्तिकै सेनाको मेडिकल टोलीले उनको प्राथमिक उपचार गरेको थियो । 

मैदानमै सिपिआरपछि तत्काल छाउनी अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे । सेनाका हवल्दार चौधरीले सन् २००७ देखि रेफ्री करिअर सुरु गरेका थिए । 



सन् २०२० मा फिफाको असिस्टेन्ट रेफ्री बनेका उनी फिफा ब्याचको नवीकरणका लागि विशेष तयारीमा जुटेका थिए । सर्लाही स्थायी घर भएका चौधरीको श्रीमती र दुई सन्तान छन् ।   





  • प्रकाशित मिति : भदौ १, २०८० शुक्रबार १८:४५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया