logo-img

स्पेनमा खडेरी : खाद्य उत्पादन ६० प्रतिशतले घट्ने आकलन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्पेनमा खडेरीका कारण खाद्यान्न उत्पादनमा संकट आउने भन्दै आवश्यक प्रबन्ध मिलाउन विशेषज्ञले चेतावनी दिएका छन् । 

खडेरीका कारण ६० प्रतिशतसम्म खाद्यान्न उत्पादनमा ह्रास आउनसक्ने विशेषज्ञको चेतावनी छ । यस वर्ष समग्र उत्पादनको ४० देखि ४२ प्रतिशत मात्रै उत्पादन हुने विशेषज्ञको अनुमान छ । 

सन् १९६० को दशकपछि स्पेनमा पहिलोपटक यति लामो समयसम्म खडेरी परेको हो । क्याटेलोनिया र दक्षिणी स्पेनको अण्डालुसिया सबैभन्दा धेरै प्रभावित बनेको छ । 

खडेरीका कारण युरोपियन देशहरूमा जलायशसमेत सुक्दै जान थालेको मेड्रिड शहरका किसान तथा पशुपालक संघका प्रतिनिधि जेवियर एलेजान्द्रेले बताए । 

आगामी वर्षमा पनि यही समस्या दोहरिन सक्ने भन्दै विज्ञहरूले बेलैमा खाद्यान्नको जोहो र जल सञ्चित गर्न आग्रह गरेका छन् ।  





  • प्रकाशित मिति : भदौ १, २०८० शुक्रबार १८:५६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया