इटालीको सार्वजनिक ऋणमा नयाँ रेकर्ड

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बैंक अफ इटालीले इटलीको सार्वजनिक ऋण बढेर नयाँ रेकर्ड कायम गरेको बताएको छ ।  

बुधबार आयोजित पत्रकार सम्मलेनमा बैंक अफ इटालीले देशको सार्वजनिक ऋण २.८४३ ट्रिलियन युरो (३.०९ ट्रिलियन अमेरिकी डलर) बढेर नयाँ रेकर्ड कायम गरेको जनाएको हो । गत महिनाको तुलनामा यो संख्या २७.८ बिलियन युरोले बढेको हो । 

सन् २०२२ को अन्तिम तीन महिनामा गिरावट आएको थियो । तर यस वर्ष इटालीको सार्वजनिक ऋणको आकार हरेक महिना बढ्दै गइरहेको छ । ऋणको स्तर सरकारी उधारोको कारण बढेको हो । 

गत महिनाको तुलनामा यस महिना सरकारी ऋण १२.३ बिलियन युरोले बढेको बैंकले जनाएको छ । इटालीको सार्वजनिक ऋण सन् २०२२ मा देशको कुल गार्हस्थ्य उत्पादनको १४४.७ प्रतिशत थियो । 





  • प्रकाशित मिति : भदौ १, २०८० शुक्रबार १९:१४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया