यू–२० सेभेन्स रग्बी प्रतियोगितामा भारतसँग नेपाल पराजित

एसिया रग्बी यू २० सेभेन्स पुरुष प्रतियोगिता अन्तर्गत भारतसँग नेपाल फराकिलो स्कोर अन्तरले पराजित भएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको नेपाल र भारत बीचको पहिलो खेलमा नेपाल २८–० स्कोरको अन्तरले पराजित भयो । निर्धारित १५ मिनेटको समयमा भारतले २८ पोइन्ट स्कोर ल्याउँदा नेपाली खेलाडीले खातै खोल्न सकेनन् । 

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा आजबाट प्रतियोगिता सुरु भएको हो । 

एसियन यू २० रग्बी सेभेन्स प्रतियोगिताको पुरुषतर्फ नेपालसहित भारत, थाइल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, हङकङ र उज्वेकिस्तानले सहभागी छन् । 

महिलातर्फ नेपालसहित, थाइल्याण्ड, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल आइतबारसम्म सञ्चालन हुनेछ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको रग्बी प्रतियोगिता आयोजना गरेको यो दोस्रोपटक हो । गतवर्ष एसिया रग्बी यू १८ सेभेन्सको आयोजना पनि नेपालमै गरिएको थियो ।





  • प्रकाशित मिति : भदौ २, २०८० शनिबार १६:५४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया