दुईबुँदे सहमतिसँगै महरा बाबुछोरा पनि अनुसन्धानकाे दायरामा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच बसेको बैठकले सुन तस्करीका विषयमा छानबिन गर्ने सहमति जुटाएका छन् । सहमतिअनुसार माओवादी नेता कृष्णबहादुर महराका बाबुछोरा पनि अनुसन्धानमा तानिने भएका छन् । 

बुधबार प्रधानमन्त्री कार्यालय सिहंदरबारमा बसेको बैठकमा माओवादी नेता महरा र उनका छोरा राहुलको नाम जोडिएको इलेक्ट्रिक सिगरेटमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन गर्ने सहमति जुटेको हो । 

इलेक्ट्रिक सिगरेट भेपमा नौ किलो सुन तस्करी गरिएको प्रकरणमा महरा परिवारको नाम जोडिँदै आएको छ । चिनियाँ नागरिक लिहान सोङ ०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट नेपाल आउँदा भेपको ७३ बट्टामा सात सय ३० थानमा करिब नौ केजी सुन लुकाएर ल्याएको छानबिनबाट पुष्टि भएको थियो । 

भेप शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार गोदाममा नै राखेर थप अनुसन्धान अघि बढाइएको थियो । भेप भन्सार गोदाममा रहेको बेला केही कर्मचारीलाई प्रयोग गरी भेप उम्काउन हानसोङलगायतको सुन तस्कर गिरोहको टोली सफल भएको थियो । स्थानीय बजारको भेप लगेर फेर्नुअघि अर्थात् सुन भएको भेप छुटाउन महरा बाबु–छोराले भन्सारका कर्मचारी, सुन ल्याउने चिनियाँ नागरिक हानसोङलगायत गिरोहका सदस्यसँग बारम्बार टेलिफोन गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भइसकेको छ । 

यस प्रकरणमा महराको नामबारम्बार जोडिँदा पनि सरकारले केही नगरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को आलोचना गर्दै आएका छन् । 

अझ देउवाले त गृहमन्त्री श्रेष्ठलाई सरकारबाट हटाउनुपर्ने मागसमेत प्रधानमन्त्री दाहालसमक्ष राखेका थिए । 





  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार १६:१२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया