फ्रान्समा अब १७ वर्षमै ड्राइभिङ लाइसेन्स पाइने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

फ्रान्स सरकारले सन् २०२४ मा १७ वर्ष उमेर पुगेकाले ड्राइभिङ लाइसेन्स लिन पाउने घोषणा गरेको छ । 

यसअघि ड्राइभिङ लाइसेन्सका लागि न्यूनतम् उमेर १८ वर्ष रहेको थियो । यसले युवालाई राम्रो हुने सरकारको भनाइ छ । तर, विज्ञहरूले भने यो उमेर कोही पनि व्यक्तिलाई स्वतन्त्र रुपमा सवारी चलाउन दिने उमेर हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सडक दुर्घटनामा १८ देखि २४ वर्ष उमेर समूहका युवा बढी पर्ने गरेको कुरालाई मध्यनजर गरी फ्रान्सेली प्रधानमन्त्री एलिजावेथ बोर्नले ड्राइभिङ लाइसेन्स प्राप्तिका लागि आवश्यक मापदण्डमा उच्चस्तरको ध्यान दिने प्रतिबद्धता जनाए ।

फ्रान्सका ड्राइभिङ प्रशिक्षक इसाक बेलिनले सबै ट्राफिक दुर्घटनाको एक चौथाइ दुई वर्षभन्दा कम ड्राइभिङ अनुभव भएका मानिसका कारण हुने गरेको बताए । 

‘मसँग एउटा सानो अनुभव छ, यो याद गर्नुपर्छ कि आज फ्रान्समा सबै ट्राफिक दुर्घटनाहरूको एक चौथाइ दुई वर्षभन्दा कम ड्राइभिङ अनुभव भएका मानिसहरूका कारण हुने गर्दछन् । त्यसैले ट्राफिक दुर्घटनाहरूको २५ प्रतिशत अझै पनि धेरै उच्च संख्या हो । युवाहरूलाई यसबारेमा सचेत गराउनसके दुर्घटना कम हुनेछ,’ उनले भने । –सिन्ह्वा   





  • प्रकाशित मिति : भदौ ८, २०८० शुक्रबार १७:४९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया