ब्रिटिस गोर्खाद्वारा वंशजको आधारमा नेपाली नागरिकता माग

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानले वंशजको आधारमा नेपाली नागरिकता पाउनुपर्ने माग गरेका छन् ।
 
आइतबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै उनीहरुले जीविकोपार्जनका लागि पनि आधारभूत सुविधाहरुको उपभोग गर्नुपर्ने बाध्यताका कारण बेलायती अंगीकृत नागरिकता लिनुपरेको भन्दै नेपाली नागरिकताको माग गरेका हुन् । 

ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानका संयोजक सुनबहादुर तामाङले वशंजको नेपाली नागरिकता लिन सक्ने व्यवस्था संविधान संशोधनमार्फत सुनिश्चित गरिदिन आग्रह गरेका छन् । 

‘गोर्खाका नेपालबाहिर जन्मेका सन्ततिहरुले स्वतः वशंजको नेपाली नागरिकता लिन सक्ने व्यवस्था संविधान संशोधनमार्फत सुनिश्चित गरिदिनु हुन नेपाल सरकार तथा सम्मानित व्यवस्थापिका संसदसमक्ष, सम्पूर्ण युके, हङकङमा रहेका गोर्खाको प्रतिनिधित्व गर्दै ‘ब्रिटिस गोरखा नेपाली नागरिकता निरन्तरता अभियान समिति–युके–नेपाल विनम्र अनुरोध गर्दछ ।’

वंशजको नेपाली नागरिकता कायम नरहेमा २२००० भूपू गोरखाहरुले पेन्सनबापत प्रतिवर्ष प्राप्त गरिरहेको २० अर्ब रकमसमेत बेलायत पलायन हुने उनको भनाइ छ । 

त्याग र बलिदानको कदरस्वरूप नेपाल सरकारकै सहमतिमा बेलायत बसोवासका लागि आवासीय अधिकार दिएका कारण गोरखाहरुको बेलायतमा आधिकारिक बसोवास सुरु भएको उनीहरुको भनाइ छ । 





  • प्रकाशित मिति : भदौ १०, २०८० आइतबार १८:१४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया