उत्तर कोरियाले बल्ल हटायो कोभिड प्रतिबन्ध

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

उत्तर कोरियाले विदेशमा रहेका आफ्ना नागरिकलाई देशमा फर्कनका लागि सीमामा लगाइएको कोभिड प्रतिबन्ध हटाएको छ । यद्यपि, देश फर्कन चाहनेहरू अझै एक हप्ता क्वारेन्टिनमा बस्नुपर्नेछ । 

विश्वव्यापीरूपमा महामारीको अवस्थामा गरिएको खुकुलोपनलाई ध्यानमा राख्दै यो निर्णय गरिएको स्टेट इमर्जेन्सी एपिडेमिक प्रिभेन्सन हेडक्वार्टरर्सले जनाएको छ । राज्यद्वारा सञ्चालित केएनसीए मिडियाले यो रिपोर्ट आइतबार प्रकाशित गरेको थियो ।

कोरोनाभाइरससम्बन्धी प्रतिबन्ध अरू देशहरूले हटाइसक्दा पनि उत्तर कोरियामा भने यो अझै लागू थियो । जिरो कोभिड नीति अपनाउँदै सबैभन्दा कडा प्रतिबन्ध लगाएको चीनले पनि सन् २०२२ को डिसेम्बरमा यसलाई हटाएको थियो ।

उत्तर कोरियाले सन् २०२० को सुरुवातमा प्रतिबन्ध लगाउन सुरु गरेको थियो । पछिल्लो समय प्योङयाङले आफ्नो सीमा खुकुलो बनाउन थालेको सन्देश दिएको थियो । तर, अझै पनि देशमा आउन चाहनेहरू क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता कायम राखिएको छ ।  





  • प्रकाशित मिति : भदौ ११, २०८० साेमबार १४:१०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया