logo-img

नेपाल र थाइल्यान्डबीचको खेलमा वर्षा बाधक

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल र थाइल्यान्डको महिला टोलीबीच आज भएको टी–ट्वान्टी अभ्यास खेल वर्षा बाधक बनेपछि रद्द भएको छ । 

मलेसियाको बायोमास रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले नेपाललाई जितका लागि एक सय २८ रनको लक्ष्य दिएको थियो । थाइल्यान्डका लागि कप्तान नथाकन चान्थमले सर्वाधिक ७८ रनको अविजित इनिङ खेलेकी थिइन् ।

नेपालकी कविता कुँवरले २ विकेट लिएकी थिइन् भने पूजा महता, खुसी डंगोल, इन्दु बर्माले समान एक–एक विकेट झारेका थिए । उक्त विजयी लक्ष्य पछ्याएको नेपालले तीन बल खेल्दा वर्षा बाधक बनेपछि खेल रोकिएको थियो । सीता रानामगर शून्यमा रन आउट भएकी थिइन् ।



नेपाल र थाइल्यान्डले आइसिसी महिला विश्वकप टी–ट्वान्टी एसिया क्षेत्र छनोटअघि खेलको उक्त अभ्यास खेल खेलेको हो । एसिया छनोट खेल यही भदौ १४ देखि २३ गतेसम्म मलेसियामा हुँदै छ । 

एसिया छनोटमा विभिन्न ११ राष्ट्रको सहभागिता रहनेछ । नेपालको समूह ए मा परेको छ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । त्यस्तै, समूह बीमा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् । 

प्रतियोगितामा फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी–ट्वान्टी विश्वकप छनोट खेल्न पाउनेछन् । नेपालले आफ्नो उद्घाटन खेल ३१ अगस्टमा मलेसियासँग खेल्नेछ । 





  • प्रकाशित मिति : भदौ ११, २०८० साेमबार २१:१४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया