फिफाले हटायो श्रीलंका फुटबलमाथिको प्रतिबन्ध

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

श्रीलंका फुटबल संघमाथि लागेको प्रतिबन्ध हटेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंका फुटबल संघलाई पत्र लेख्दै प्रतिबन्ध हटाएको जानकारी गराएको हो । 

फिफा, एएफसी र देशको खेलकुद मन्त्रालयको निर्देशनलाई अवज्ञा गर्दै आवधिक निर्वाचन गर्न नसकेको र संस्थालाई गति दिन नसकेका भन्दै फिफाले यही वर्षको २१ जनवरीमा श्रीलंकामाथि प्रतिबन्ध लगाएको थियो ।

फिफाको ब्यूरो काउन्सिलले निलम्बन फुकुवा गर्ने निर्णय गरेको भन्दै त्यसका लागि श्रीलंका फुटबलले विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ ।

श्रीलंका फुटबल संघको १४ जनवरी २०२३ को चुनावलाई फिफा र एएफसीले मान्यता नदिएको भन्दै फिफाले पठाएको पत्रमा नयाँ विधानअनुसार चुनाव गर्नुपर्ने उल्लेख छ । 





  • प्रकाशित मिति : भदौ १२, २०८० मंगलबार ८:४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया