logo-img

यस वर्ष रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा एकैदिन
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने स्पष्ट गरेको छ । समितिले बिहीबार विज्ञप्ति जारी गर्दै यस वर्ष तिथि घटबढका कारण दुई दिनपर्ने पर्व एकै दिन पर्न गएको जनाएको हो ।

बिहीबार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण सोही दिन जनै पूर्णिमा र रक्षा बन्धन मनाउन समेत समितिले आग्रह गरेको छ । समितिका अनुसार बुधबार ११:२८ घडी अर्थात् १०:१७ बजेपछि चतुर्दशी सकिएर पूर्णिमा तिथि लाग्ने पञ्चांगमा उल्लेख छ ।

बिहीबार ५:१८ घडी मात्रै पूर्णिमा रहेको जनाएको छ । सोही कारण काठमाडौं उपत्यकामै कतिपय समुदायले बुधबार नै रक्षा बन्धन गर्ने तयारी गरेका छन् । उदय पूर्णिमा १ घडी मात्र भए पनि त्यही दिन यो पर्व मनाइएको समितिले जनाएको छ । 







  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार ११:३८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया