उत्तर कोरियाद्वारा पूर्वी सागरतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले बुधबार पूर्वी सागरतर्फ अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ । 

दक्षिण कोरिया र अमेरिकाबीच जारी प्रमुख सैन्य अभ्यासका क्रममा अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको संयुक्त अभ्यास अभियानका प्रमुखले प्रक्षेपणको घोषणा गरेका हुन्। उनले यसबारे विस्तृत विवरण भने दिएका छैनन् । 

सहयोगी राष्ट्रहरूले अगस्ट २१ मा वार्षिक उल्ची फ्रिडम सिल्ड (युएफएस) अभ्यास सुरु गरेका थिए र यो बिहीबार समाप्त हुनेछ ।

प्योङयाङले लामो समयदेखि मित्रराष्ट्रको सैन्य अभ्यास आफूविरुद्ध आक्रमणको पूर्वाभ्यास भएको आरोप लगाउँदै आएको छ ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पनि युएफएसको एक भागको रूपमा कोरियाली प्रायद्वीपमाथि कम्तीमा एक अमेरिकी बी–१ बी रणनीतिक बमवर्षकसहित संयुक्त हवाई अभ्यासको आयोजना गरेका थिए ।

उत्तर कोरियाको आधिकारिक कोरियाली केन्द्रीय समाचार संस्था (केसिएनए)ले सार्वजनिक गरेको एक तस्बिरमा उत्तर कोरियाले जुलाई १२, २०२३ मा ह्वासोङ–१८ सोलिड फ्युल अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसिबिएम) प्रहार गरेको थियो । 





  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार २२:५१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया