पूर्वयुवराज पारस शाहकाे मुटुमा समस्या, ह्याम्स अस्पताल भर्ना

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मुटुमा समस्या देखिएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । केही असहज भएपछि शाहलाई शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो ।

पारसको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले जानकारी दिएका छन् । उनलाई २४ घन्टा सुपरिवेक्षणका लागि भर्ना गरिएको उनले बताए । 

शाहको यसअघि पनि मुटुमा समस्या देखिएको थियो । त्यसबेला उनको मुटुमा आइसिडी राखिएको थियो । 

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र पारसपत्नी पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।





  • प्रकाशित मिति : भदौ १५, २०८० शुक्रबार १९:२१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया