logo-img

रोनाल्डोको सानदार प्रदर्शनमा नासरको फराकिलो जित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

साउदी प्रो लिगमा अल नासरले लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा नासरले अल हाजमलाई ५–१ गोल अन्तरले हरायो ।  

गएराति सम्पन्न खेलमा अल नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शन रह्यो । उनले खेलमा एक गोल र दुई गोलका लागि असिस्ट प्रदान गरे । त्यस्तै, नासरको जितमा साडियो माने, ओटाभियो, अब्दुल्लाह अल खलबरी र अब्दुलरहमान घरीबले समान एक गोल गरे ।  



अल हाजमका लागि मोहम्मद बाडामोसीले एक सान्त्वना गोल फर्काए ।  

यो जितसँगै अल नासरले ५ खेलबाट ९ अंक जोडेको छ । ऊ छैटौँ स्थानमा छ । पराजित अल हाजम ५ खेलबाट २ अंकसहित तालिकाको पुछारमा रहेको छ ।





  • प्रकाशित मिति : भदौ १७, २०८० आइतबार १०:१४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया