पन्ध्र स्रष्टालाई मानवअधिकार तथा शान्ति समाजको सम्मान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मानवअधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टालाई सम्मानित गर्ने भएको छ ।
 
आइतबारको निर्णअनुसार महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान स्रष्टा राजेश्वर नेपाली धनुषालाई प्रदान गरिने भएको छ । प्रेस स्वतन्त्रता सेनानी, लोकतन्त्र र स्वतन्त्रताका पक्षमा विशिष्ट योगदान गरेका राजेश्वर नेपालीको गत भदौ ११ गते निधन भएको थियो  । उनको निधनअघि नै उनलाई यो सम्मान दिने प्रक्रिया अघि बढाइएको समाजले जनाएको छ । 

यसैगरी चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्राडा राजेन्द्र विमल (जनकपुर), राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान डा.रामप्रसाद ज्ञवाली (गुल्मी), कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान सुलोचना मानन्धर (काठमाडौं), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान डा. कृष्णराज चौधरी सर्वहारी (दाङ), पवित्रादेवी चौलागाईं मानवअधिकार स्रष्टा सम्मान प्राडा सावित्री कक्षपती (पाल्पा), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान प्रा.नवराज पाण्डेय (अर्घाखाँची)लाई प्रदान गर्ने निर्णय भएको छ ।

यसैगरी जोगमाया बराल स्रष्टा सौगात मुकुन्द आचार्य (मकवानपुर), भूमिप्रसाद बराल स्रष्टा सौगात बाजुराम पौडेल (काठमाडौं), जनककुमारी रेग्मी स्रष्टा सौगात कमलादेवी हेमचुरी (ललितपुर), श्रीप्रसाद दाहाल स्रष्टा सौगात लीला राना (स्याङ्जा), राधादेवी दाहाल स्रष्टा सौगात मधुराज केरुङ (पाँचथर),  श्रीनारायण दाहाल स्रष्टा सौगात मधु शाही बस्नेत (हुम्ला), पद्मप्रसाद दाहाल स्रष्टा सौगात हंसावती कुर्मी (कपिलवस्तु) र गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात मधु हमाल (बालकुमारी) (कञ्चनपुर)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

पुरस्कृत हुनेहरुमा सातजना महिला स्रष्टा छन् भने सातवटै प्रदेशको प्रतिनिधित्व रहेको छ । पुरस्कृत स्रष्टाहरुले मानवअधिकार, शान्ति, लोकतन्त्र र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त मैथिली, भोजपुरी, संस्कृत, नेवारी, थारु, अवधि, मगर, र लिम्बु गरी आठ भाषामा विशेष योगदान गरेका छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको सेरोफेरोमा २०८० कार्तिक अन्तिम साता कार्यक्रम आयोजना गरी जनही २० हजार पुरस्कार राशिसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । स्रष्टा सम्मान अभियानअन्तर्गत शान्ति समाजले स्रष्टाहरुलाई पुरस्कृत गर्न थालेको यो चौथो वर्ष हो ।





  • प्रकाशित मिति : भदौ १७, २०८० आइतबार १६:१९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया