राज्य व्यवस्था तथा सुशासन समिति सभापति खतिवडाको माग : गिरिबन्धु टी स्टेटबारे तत्काल छानबिन गरौँ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति सांसद रामहरि खतिवडाले गिरिबन्धु टी स्टेट प्रकरणबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सत्तारुढ नेपाली कांग्रेसका सांसद खतिवडाले सो प्रकरणमा ठूलो भ्रष्टाचार भएको जिकिर गर्दै सरकारले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका हुन् । 

त्यसैगरी, उनले निर्वाचित जनप्रतिनिधिहरूलाई जथाभावी नबोल्न पनि सचेत गराए । सिंहदरबार नै ध्वस्त पार्ने कुरा, धार्मिक स्वतन्त्रतामाथि नै आँच आउने खालको अभिव्यक्ति पछिल्लो समयमा आउने गरेको उल्लेख गर्दै त्यस्ता अभिव्यक्ति नदिन खतिवडाको जनप्रतिनिधिहरूलाई सुझाब छ ।

खतिवडाले जनप्रतिनिधिहरूले आफ्नो पदीय मर्यादालाई ख्याल गरेर मात्रै बोल्नुपर्ने बताए । 





  • प्रकाशित मिति : भदौ १८, २०८० साेमबार १५:४२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया