logo-img

मधेसका मुद्दा मरेका छैनन् : महन्थ ठाकुर
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका मुद्दा जिउँदै रहेका बताएका छन् ।

सोमबार महोत्तरीको बर्दिवासमा सम्पन्न लोसपाको मधेस प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टी स्थापना कालका ती मुद्दा जनतामाझ पुर्‍याउन पर्ने उल्लेख गरे । 

‘हामीले उठाएका कतिपय राजनीतिक मुद्दा आन्दोलनका बलमा स्थापित भएका छन्’, अध्यक्ष ठाकुरले भने, ‘यद्यपि राज्यसत्ताबाट प्रताडित हुने क्रम रोकिएको छैन ।’

अझै मधेस आन्दोलनताका खडा गरिएका झुटा मुद्दामा आफ्ना कार्यकर्ताले मुद्दा खेपिरहेका उनले बताए । ठाकुरले अब लोसपा वस्तीवस्ती पसेर जनतालाई आन्दोलनका उपलब्धि र अझै लड्नुपर्ने अधिकारका बारेमा जागरूक बनाउन लाग्नुपर्ने उल्लेख गरे ।





  • प्रकाशित मिति : भदौ १९, २०८० मंगलबार ६:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया