निजामती ऐन कर्मचारीको पक्षमा हुनुपर्छ : रामहरि खतिवडा
‘एकअर्कालाई गाली गरेर पार्टी दह्रो बन्दैन’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले निजामती ऐन सिन्डिकेटका आधारमा नभइ कर्मचारीको पक्षमा हुनुपर्ने बताएका छन् । 

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पुस्तक विमोचन कार्यक्रममा उनले धेरै वर्षपछि निजामती ऐन आउन लागेको भन्दै सबैजना अटाउने र सबैलाई समेट्ने गरी ऐन आउनुपर्ने बताएका हुन् । 

‘धेरै वर्ष पछाडि निजामती ऐन आउँदैछ, तर यो सिन्डिकेटका आधारमा आउनु हुन्न कर्मचारीको पक्षमा हुनुपर्छ, हामी तपाईंहरूको पक्षमा लड्छौँ भनेर हामी प्रतिबद्धता जनाउन चाहन्छु । कानून बनेका दिनदेखि लागू हुनेगरी ल्याउनु पर्छ,’ खतिवडाले भने, ‘कर्मचारी ऐन सबैजना अटाउने र सबैलाई समेट्ने खालको हुनुपर्छ । त्यसमा राज्य व्यवस्था समितिको सभापतिको हैसियतमा सबैसँग समन्वय गरेर काम गर्ने छु ।’

उनले पार्टीमा एकले अर्कोलाई गाली गरेर पार्टी दरो नबन्ने भन्दै बाहिर पार्टीका नेताको आलोचना नगर्ने हो भने आधा समस्या समाधान हुने दाबी गरे । 

‘अब सरकारमा सुशासनका लागि ल्यारक्याल लामा जस्तालाई नियुक्ति गरेर होइन, अन्य कामबाट सुशासनको अनुभूति दिन सक्नुपर्छ । पार्टीमा एकले अर्कालाई गाली गरेर पार्टी दह्रो बन्दैन । आन्तरिकरूपमा पार्टीमा मनमुटावहरू छन् भने पार्टीभित्र नै त्यसको समाधान गर्ने गरौँ । तर, जनताको बीचमा जाँदा एक भएर जाने हो भने सबै समस्या ठीक हुन्छ,’ खतिवडाले भने ।





  • प्रकाशित मिति : भदौ १९, २०८० मंगलबार १३:५२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया