logo-img

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ ।  प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाको दोस्रो अधिवेशनको २४औँ बैठक दिउँसो १२ बजे बस्न लागेको हो ।  

करिब एक महिनापछि बस्न लागेको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’लाई अगाडि बढाउने तयारी छ । 

प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची छ । 



यसअघि विधेयकमा दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । समितिले उपसमिति गठन गरेर  विज्ञ तथा सरोकारवालसँग राय सुझाव संकलन गरेको थियो ।  





  • प्रकाशित मिति : भदौ २१, २०८० बिहीबार १०:५३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया