logo-img

हङकङ र दक्षिणी चीनमा १४० वर्षयताकै सबैभन्दा ठूलो वर्षा, सयौँ प्रभावित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

हङकङ र दक्षिणी चीनमा भारी वर्षा भएसँगै व्यापक बाढी आएको छ । हङकङका सडक र सबवे स्टेसन पानीले भरिएका छन् भने विद्यालय र कार्याल बन्द गरिएका छन् ।

बिहीबारदेखि सुरु भएको मुसलधारे वर्षा १४० वर्षयताकै सबैभन्दा ठूलो भएको मौसम अधिकारी बताएका छन् । अधिकारीले उद्धार गरिरहेका छन् भने तस्बिरमा बाढीले भरिएका सडकमा स्थानीय हिँडिरहेका देखिन्छन् ।

मौसमका कारण विगत २४ घण्टामा कम्तीमा ८३ जनालाई अस्पताल लगिएको आपतकालीन अधिकारीले शुक्रबार बिहान जानकारी दिएका छन् । वर्षाका कारण पहिरो खस्दा केही सडक अवरुद्ध भएका छन् ।

हङकङको सिमानामा पर्ने सेन्जेन सहरले १९५२ मा रेकर्ड सुरु भएदेखिको सबभन्दा ठूलो वर्षाको रिपोर्ट गरेको छ । भारी वर्षाको कारण दक्षिण चीनमा पनि असर पारको छ । 

ग्वाङडोङ प्रान्तमा सयौँ उडान रद्ध गरिएको छ । स्थानीय अधिकारीले अचानक बाढीको चेतावनी दिएका छन् भने तल्लो क्षेत्रका बासिन्दालाई खाली ठाउँमा बस्न सल्लाह दिएका छन् । दक्षिणी चीनको घना जनसंख्या भएको तटीय क्षेत्रमा करोडौँ मानिस बस्दै आएका छन् ।

हङकङका सामाजिक सञ्जालमा पानी बगिरहेका सडक देखिएका छन् । सडक उग्र नदीहरूमा परिणत भएका छन् । पानी प्लेटफर्म चढेको देखाइएको छ । हङकङको मुख्य टापुलाई यसको उत्तरम रहेको काउलुन प्रायद्वीप जोड्ने प्रमुख सुरुङमार्ग क्रस हार्बर पनि डुबानमा परेको थियो ।



मौसम अधिकारीले बिहीबार रातिलाई भारी वर्षाको संकेत गरेका थिए । एक घण्टामा ७० मिलिमिटरभन्दा बढी वर्षा हुने चेतावनी दिएका छन् । त्यो रातपछि हङकङ अब्जर्भेटरीले प्रतिघण्टा १५८.१ मिलिमिटर वर्षा भएको प्रतिवेदनमा देखिएको थियो । यो सन् १८८४ मा रेकर्ड सुरु भएदेखिकै उच्च हो । 

हङकङ टापु, काउलुन र सहरको उत्तरपूर्वी भागमा १८ः०० स्थानीय समय (१०ः०० जिएमटी) र मध्यरातको बीचमा २०० मिलिटरभन्दा बढी वर्षा रकर्ड गरिएको थियो । यो वर्षा सामान्यभन्दा बढी हो ।



सेन्जेनले जलाशयबाट पानी निकाल्ने तयारी गरिरहेको थियो, तर हङकङका अधिकारीले उत्तरी भागमा बाढी आउने चेतावनी दिएका थिए । चीनको मौसम प्रशासनले शुक्रबार र शनिबार देशको दक्षिणपश्चिम क्षेत्रमा अत्यधिक वर्षा हुने अनुमान गरिएको छ ।

एक सातामा साओला र हाइकुई नामक दुई टाइफुनले दक्षिणी चीनमा आएसँगै भएको वर्षाले सहर बन्द गराएको हो । बारम्बार आउने उष्णतटीय आँधीको तीव्रताका कारण अचानक बाढी आउँदा क्षति वृद्धि हुँदै गएको छ ।
 

  • प्रकाशित मिति : भदौ २२, २०८० शुक्रबार १६:३०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया