‘अस्ट्रेलिया पठाइदिन्छु’ भन्दै २० लाख ठगी गर्ने महिला पक्राउ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

‘अस्ट्रेलिया पठाइदिन्छु’ भन्दै  रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउपर्नेमा भक्तपुर जिल्ला मध्यपुर ठिमिनगरपालिका–४ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ५० वर्षीया रत्न केशरी श्रेष्ठलाई २० लाख ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

उनले आशामाया लामालाई वैदेशिक रोजगारीको लागि ‘अस्ट्रेलिया पठाइदिन्छु’ भन्दै २० लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । 

श्रेष्ठलाई खोजतलास गर्ने क्रममा सामाखुसीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 





  • प्रकाशित मिति : भदौ २३, २०८० शनिबार ६:५०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया