logo-img

अन्ततः स्पेनिस फुटबल महासंघका अध्यक्षले दिए राजीनामा

अन्ततः स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन् । महिला विश्वकप २०२३ को फाइनलपछिको समारोहमा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेको भन्दै आलोचना भएपछि उनले २०औँ दिनमा राजीनामा दिएका हुन् ।  

३३ वर्षीया हर्मोसोले चुम्बन सहमतिमा नभएको भन्दै गत मंगलबार उजुरी दिएकी थिइन् । रुबियालेसले महासंघका कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई राजीनामा बुझाएको बताएका हुन् । 



४६ वर्षीय उनले युइएफएको कार्यकारी समितिको उपाध्यक्ष पदबाट पनि राजीनामा दिएका छन् । चुम्बनका कारण स्पेनी फुटबल विवादित बनेको थियो ।  





  • प्रकाशित मिति : भदौ २५, २०८० साेमबार ११:४९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया