logo-img

आत्महत्या दुरूत्साहन आरोपमा विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आत्महत्या दुरूत्साहन मुद्दा परेपछि रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  

प्रहरीले प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार पक्राउ गरेको हो । सोही विद्यालयको कक्षा ८ मा अध्यनरत १३ वर्षीया सृष्टि गौतमको आत्महत्या दुरूत्साहन मुद्दामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए ।

शक्रबार १३ वर्षीया छात्रा गौतमलाई विद्यालयमा प्रिन्सिपल भाट र सञ्चालक भण्डारीको संलग्नतामा निर्घात कुटपिट भएपछि घर आएकी छात्राले विद्यालयको पोसाकमै झुन्डिएर आत्महत्या गरेको घरपरिवारको भनाइ छ ।



पढाइ लेखाइभन्दा पनि घरायसी साथसङ्गतका कारण विद्यालयमा बालिकामाथि प्रिन्सिपलले निरन्तर यातना र तनाव दिएपछि ज्यान गुमाउन बाध्य पारिएको छात्राका परिवारले आरोप लगाएका छन् ।

यस विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मृतक छात्रा सोही नगरपालिका–१ लामिछाने गाउँकी हुन् । 





  • प्रकाशित मिति : भदौ २५, २०८० साेमबार १४:१०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया