logo-img

राष्ट्रपति पौडेलसँग सामसुङ कम्पनीका विश्व प्रमुखको भेट

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ हिपार्कले आज शिष्टाचार भेट गरेका छन् । 
सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राखेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सोसम्बन्धी गतिविधिबारे संक्षिप्त जानकारी गराएका थिए । 

नेपालमा सञ्चालन गर्न सकिने फयाक्ट्री, सामाजिक उत्तरदायित्वअन्र्तगत नेपाली विद्यार्थीलाई उच्चस्तरको सूचना प्रविधिसम्बन्धी तालिम तथा भविष्यमा सामसुङ कम्पनी र नेपालबीच हुन सक्ने सहयोग योजना तथा सूचना प्रविधि र औधोगिक उत्पादनसम्बन्धी योजनाबारे पनि पार्कले राष्ट्रपतिलाई अवगत गराएका थिए । 



सो अवसरमा सामसुङका उपाध्यक्षद्वय हयुङ वु ली र सुङ जुनपार्क, प्रबन्ध निर्देशक ह्यून ली, नेपालका लागि कोरियन राजदूत थेयङ पार्क र गोल्छा समूहका अध्यक्ष शेखर गोल्छालगायतको उपस्थिति थियो ।





  • प्रकाशित मिति : भदौ २५, २०८० साेमबार १९:३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया