logo-img

बाइडेनविरुद्ध महाअभियोग लगाउन संसद र समितिलाई अमेरिकी सभामुखको निर्देशन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले मंगलबार राष्ट्रपति जो बाइडेनलाई भ्रष्टाचारको आरोप लगाउँदै महाअभियोग लगाउन आह्वान गरेका छन् । 

म्याकार्थीले पत्रकार सम्मेलन गर्दै आफूले सदन र समितिलाई राष्ट्रपति बाइडेनमाथि औपचारिक महाअभियोग अनुसन्धान गर्न निर्देशन दिएको बताएका हुन् । हाउस ओभरसाइट कमिटीको अनुसन्धानले बाइडेन परिवारले भ्रष्टाचार गरेको फेलापरेको बताए । 

रिपब्लिकनहरुले सन् २०२१ मा राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघिदेखि बाइडेनका छोरा हन्टर बाइडेनको व्यापारिक कारोबारको अनुसन्धान गरिरहेका थिए । बाइडेनले शक्तिको दुरुपयोग गरेको र भ्रष्टाचार गरेकाले सभाले थप अनुसन्धान गर्न निर्देशन दिने बताए । 



बाइडेन २०२४ को राष्ट्रपति पदमा निर्वाचनका लागि दौडिइरहेका छन् । ८० वर्षीय राष्ट्रपतिमाथि महाअभियोग लगाउन सभामुखले भूमिका नखेले सभामुखबाट हटाउने पार्टीका नेताहरुले धम्की दिएका छन् । 

ह्वाइट हाउस र डेमोक्रेटिक सांसदहरुले भने महाअभियोग राजनीतिक बदलाको रूपमा आएको बताएका छन् ।





  • प्रकाशित मिति : भदौ २७, २०८० बुधबार १६:३५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया