logo-img

हरिवंश आचार्य भन्छन्- समयलाई चिन्न सके कामसँगै दाम पछि लागेर आउँछ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रको विकासलाई देख्दा काम सँगसँगै दाम पनि पछि लागेर आउन सक्ने रहेछ भन्ने लागेको बताएका छन् । 

शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा आईएनआई सिनेमा हलको उद्‍घाटन कार्यक्रममा बोल्दै उनले चलचित्र निर्माण गर्नु भनेको तपस्वीले तपस्या गरेको जस्तै भएको बताए । 



‘अहिले चलचित्र क्षेत्रको विकासलाई देख्दा काम सँगसँगै दाम पनि पछि लागेर आउन सक्ने रहेछ भन्ने लाग्छ । समयलाई चिन्न सक्नुपर्ने रहेछ । चलचित्र निर्माण गर्नु भनेको तपस्वीले तपस्या गरेको जस्तै हो,’ आचार्यले भने, ‘कहिलेकाहीँ कथा पटकथा सजिलै फुर्छ तर कहिलेकाहीँ जति प्रयास गरे पनि केही गर्न सकिँदैन ।’

उनले नेपाली चलचित्र क्षेत्र सानो पाइलाबाट अगाडि बढेको उल्लेख गर्दै त्यसबेला कलाकारलाई पैसा दिने चलनै नभएको बताए । 

त्यो बेला सौखले र नाम कमाउन पाए हुन्थ्यो भन्ने सोचले काम गरिने गरेको आचार्यले बताए । 
 





  • प्रकाशित मिति : भदौ २९, २०८० शुक्रबार १३:१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया