logo-img

रोनाल्डोको सानदार प्रदर्शन, ५ खेलमा गरे ७ गोल [भिडियो]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जारी सिजनको साउदी प्रो लिग फुटबलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आक्रामक सुरुवात गरेका छन् । उनकै सानदार प्रदर्शनमा अल नासर पछिल्लो पाँच खेलयता अपराजित छ ।  

अल नासरका कप्तानसमेत रहेका ३८ वर्षीय रोनाल्डो हरेक खेलमा हिरो साबित भइरहेका छन् । उनी यस संस्करणको साउदी प्रो लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा समेत छन् ।    



पाँच खेल खेल्दा रोनाल्डोले ७ गोल गरिसकेका छन् । यस्तै, उनले चार गोलका लागि असिस्ट प्रदान गरेका छन् । रोनाल्डोले गत सिजनको साउदी प्रो लिगमा १६ खेलमा १४ गोल गरेका थिए ।  

अल नासरमा जोडिएसँगै उनले सानदार प्रदर्शन गर्दै आएका छन् । रोनाल्डोकै उच्च प्रदर्शनमा नासरले यही वर्ष पहिलोपटक अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ । सो प्रतियोगितामा ६ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता बनेका थिए । 



यस्तै, अल नासरमै रहेका सेनेगलका स्टार साडियो मानेले पनि जारी सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले ६ खेलमा ६ गोल गरिसकेका छन् । अल नासरको जितमा रोनाल्डो र मानेको जोडी जमिरहेको छ । रोनाल्डो २०२२ र माने यही वर्ष अल नासरमा अनुबन्धित भएका थिए ।   



  • प्रकाशित मिति : भदौ ३१, २०८० आइतबार १४:३३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया