logo-img

शिक्षामा योगदान पुर्याएका ९६२ जना विद्या भूषणबाट विभूषित

सरकारले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संघसंस्था गरी ९६२ जनालाई विद्या भूषणबाट सम्मान गरेको छ । 

राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सम्मानित हुनेको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो । 

विभूषित हुनेहरूमा नेपाल विद्या भूषण ‘क’ तर्फ ७९० जना, नेपाल विद्या भूषण ‘ख’ तर्फ ७१, नेपाल विद्या भूषण ‘ग’ तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक ‘क’ तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक ‘ख’ तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषणतर्फ ११ जना गरी कुल ९६२ जना रहेका छन् ।  







  • प्रकाशित मिति : असोज २, २०८० मंगलबार ११:४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया