संविधान कार्यान्वयन गर्ने कानुन निर्माणमै मुख्य चुनौती छ : ईश्वर पोखरेल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक कानुन निर्माण गर्न नसक्नु नै मुख्य चुनौती भएको बताएका छन् । 

संविधान दिवसको उपलक्ष्यमा जनकपुरधामस्थित जानकी मन्दिर अगाडि रहेको बागवानीमा राष्ट्रिय झण्डाको अनावरण गर्न जनकपुर पुगेका पोखरेलले कानुन निर्माणमै चुनौती देखिएको बताएका हुन् ।  

पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयनका लागि संविधान अनुसार आवश्यक नयाँ कानुन निर्माण गर्न नसक्नु नै चुनौती भएको उल्लेख गर्दै कानुन र संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।  

‘सबैभन्दा चुनौतीको कुरा के हो भने संविधान त जारी गर्याैँ, त्यसलाई कार्यान्वयन गर्नको लागि हामीसँग पहिलो कुरा कानुनको आवश्यकता पर्छ । नयाँ संविधान अनुरूप कानुन बनाउन पर्‍यो,’ पोखरेलले भने, ‘त्यो बनाएर मात्रै होइन संरचना बनाउन पर्‍यो । धेरै समय हाम्रो यसबीचमा बितेको छ । कतिपय कानुनहरू अझै बनाउन बाँकी छ । र, संरचनाहरू पनि बनाउन पर्छ ।’

पोखरेलले नेपाली जनताले बनाएको संविधान उत्कृष्ट रहेको धारणा राखे । उनले सबैले संविधानप्रति गर्व गर्नुपर्ने बताए । ‘कुनै बाह्य शक्तिले लादेर ल्याएको संविधान होइन । जनताबाटै निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान हो । त्यसैले सबैले गर्व गर्नुपर्छ,’ उनले भने ।

पोखरेलले आवश्यक परेमा प्रक्रिया पूरा गरी संविधान संशोधन गर्न सकिने भन्दै आजको दिन संविधान कार्यान्वयन गर्ने प्रतिबद्धता सबैले व्यक्त गर्नुपर्ने बताए  





  • प्रकाशित मिति : असोज ३, २०८० बुधबार १३:५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया