स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताएका छन् । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको दाबी गरे ।
    
उनले विभिन्न बहानामा केन्द्रमा मात्र समिति चिकित्सकलाई देशका विभिन्न विकट स्थानमा खटाएको बताए । उनले चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागि परेकोसमेत जानकारी दिए । ‘अहिले अधिकांश डाक्टर गाउँ गइसक्नुभएको छ,’ मन्त्री बस्नेतले भने, ‘चार भागमा एक भागमात्र कर्मचारी छन, दरबन्दी बढाउनका लागि सरकारले बजेट व्यवस्था गरेको छ तर योबीचमा विशेष बजेटको व्यवस्था गराएर दरबन्दी बढाउने कुरामा मन्त्रालय लागि परेको छ ।’
    
उनले अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी सुविधासम्पन्न ठाउँमा बस्ने, गाउँ नजाने, काजमा बस्ने, भनसुनका आधारमा बस्ने र मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म काठमाडौंमै बस्ने प्रवृत्तिलाई नियन्त्रण गरेको बताए । उनले मेडिकल बोर्डलाई जथाभावी  सिफारिस नगर्न निर्देशन दिएको बताए ।  





  • प्रकाशित मिति : असोज ३, २०८० बुधबार १८:३७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया