लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न दिने छैनौँ : ओली

नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा दीपावली गरेको छ । एमालेले नारायणचौरमा बुधबार साँझ आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दीपावली र पुष्प वर्षा गरे ।

सो अवसरमा उनले लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न नदिने बताए । ‘लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्ने गरी दीपावली गरेका छौँ । यस बगैँचालाई उज्यालो नेपालको प्रतीकको रूपमा विकास गर्न चाहन्छौं’, ओलीले भने ।

उनले संविधानले जनतालाई सार्वभौमसत्ता र सबै अधिकार दिएको बताए । राष्ट्रियता आकाङ्क्षा पूरा गर्नका लागि संविधान बनाएको ओलीको भनाइ छ । उनले संविधान कार्यान्वयनका क्रममा कमी कमजोरी देखिए तिनीहरूलाई उचित संशोधन गर्दै अगाडि बढ्न सकिने धारणा पनि राखे ।

ओलीले संविधानको रक्षा र सफल प्रयोग मुख्य कार्य रहेको भन्दै त्यसमा चुनौतीसमेत देखिएको बताए । अहिले विभिन्न प्रकारका तत्वले प्रतिगमन, देश, जनता, शान्ति सुव्यवस्थालाई असर गर्ने कुरा देखिएकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने पनि उनले बताए । 





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार ६:३२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया