logo-img

शिक्षकहरूलाई गगन थापाको आश्वासन - हामी विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ
फाइल तस्बिर

प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न आग्रह गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल मार्फत विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेकोमा त्यसलाई आफूहरूले संसदमा सच्याउने जनाउँदै विद्यालय बन्द नगर्न आग्रह गरेका हुन् । 

उनले लेखेका छन्,‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ ।’ 

जायज माग र चिन्ताको संशोधन गर्ने कुरामा प्रतिबद्धता जनाउँदै उनले थप लेखेका छन्, ‘विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो। हामी सबैसँग घनीभूत छलफल र संवाद गर्नेछौँ । आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको संशोधन गर्ने कुरामा प्रतिबद्ध छौँ ।’



विद्यालय बन्द नगरेर आन्दोलनको स्वरूप परिवर्तन गर्न पनि उनले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु ।’

शिक्षक महासंघ लगायत संस्थाहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरूले बुधबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए। बिहीबार पनि प्रदर्शन गरिरहेका छन्। 

आन्दोलनरत पक्षलाई यस्तो छ थापाको आग्रह : 





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार ११:५५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया