logo-img

चाडबाड केन्द्रित बजार अनुगमनका लागि उपसमिति गठन

संघीय संसदको, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले कालो बजारी र मूल्यवृद्धिको अनुगमन गर्न ६ वटा उप समिति गठन गर्ने जानकारी दिएका छन् । 

समितिको आज बसेको बैठकमा सभापति खानले  भने, ‘६ वटा उपसमितिहरू बनाउँछौँ ।  ती समितिहरूले विभिन्न ६ वटा प्रदेशहरूमा अनुगमनहरू गर्ने छ । चाडपर्वलाई लक्षित हुने गरी हुने कालोबजारी, मूल्यवृद्धि मिसावटलगायतका विषयहरूमा अनुगमन कार्यहरू सम्पन्न गरी समितिमा प्रतिवेदन पेस गर्ने गरी उपसमिति बनाइने छ ।’ 

उनले ती उप समितिले यही असोज १० गतेदेखि अनुगमन थाल्ने जानकारी दिए । उनले भने, ‘कालो बजारी, मूल्यवृद्धि, मिसावटलगायतका विषयहरूमा अनुगमन गरी समितिमा रिपोर्ट बुझाउनु पर्छ, जसअन्तर्गत उपभोक्ताहरूको हक हित र त्यसको आपूर्ति, व्यवस्था मूल्याङ्कनको लागि नेपाल सरकारबाट गठित विभिन्न निकायहरू, अनुगमन समिति र स्थानीय बजार अनुगमन समितिबाट भइरहेका काम कारबाहीहरूको बारेमा स्थलगत रूपमा जानकारी लिनु पर्नेछ ।’  
 







  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार १७:२९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया