logo-img

शीर्ष तहबाट कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता दिनुपर्छ : नेता थापा

नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले शीर्ष नेतृत्वबाट मात्रै कोशी प्रदेशमा मध्यावधिमा जानबाट रोक्न सकिने बताएका छन् । बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले कोशी सरकार गठन समस्याको रूपमा रहेको बताए । उनले शीर्ष तहबाट कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता दिनुपर्ने बताए । उनले कोशी प्रदेशमा राजनीतिक अस्थिरताका कारण विकास निर्माण ठप्प भएको बताए । उनले कांग्रेसले मध्यावधिमा जान नचाहेको भन्दै मध्यावधिमा गएर मात्रै समस्या समाधान हुने नभएको स्पष्ट पाए । 

उनले भने, ‘कोशी सरकार गठन समस्याको रूपमा छ । कुनै दलबाट सम्बोधन गर्ने वातावरण छैन, कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता हुनुपर्छ । भएन भने कोशी प्रदेश समग्र समस्यामा जाँदैछ । विकास निर्माण ठप्प छन् । केन्द्रीय नेताको सहमति र निर्णयबाट विशेष ढंगले सोच्नुपर्छ । हामीले चाह्यौँ भने मध्यावधिमा जान र मध्यावधिबाट रोक्न पनि सक्छौँ तर हामीले अहिले चाहेको मध्यावधि होइन । त्यहाँको समस्या समाधान मध्यावधिमा गएर हुने होइन ।’



कांग्रेस नेता थापाले प्रदेशलाई अधिकार सम्पन्न नबनाए संघीयता कमजोर हुने बताए । उनले प्रदेश कमजोर हुँदा संघीयता कार्यान्वयनमा समस्या आउने बताए ।

उनले भने, ‘सबै प्रदेशका सभापतिज्यूले हाम्रो एउटा समान दृष्टिकोण बनाएर हामीले प्रस्ताव पेस गरेका छौँ । खास गरी प्रदेशलाई बलियो बनाउनु पर्छ, प्रदेश कमजोर भए संघीयता कमजोर हुन्छ । संविधान कार्यान्वयनमा समस्या हुनसक्छ । आज नेपाली काँग्रसको विधानभित्र प्रदेश संरचना निर्माण भएको छ । प्रदेश कार्यान्वयनमा आएको छ, तर अधिकार विहीन छ । प्रदेश सभापतिलाई क्रियाशीलसम्म दिने अधिकार छैन । संघीयतालाई सफल बनाउने र संविधानको क्रियाशीलता चाहने हो भने प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेका छौँ ।’

नेता थापाले नेपाली कांग्रसको विधानभित्र प्रदेश संरचना निर्माण भए पनि प्रदेश सभापतिलाई क्रियाशीलसम्म दिने अधिकार नरहेको बताए । संघीयतालाई सफल बनाउने र संविधानको क्रियाशीलता चाहने हो भने प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए ।





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार १८:५६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया