सडकमै आन्दोलनरत शिक्षकको नाचगान, आवातजावतमा सास्ती [तस्बिरहरू]

आन्दोलनरत शिक्षकले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । यही ३ असोजदेखि काठमाडौं केन्द्रित विरोधका कार्यक्रम गर्दै आएका शिक्षकले आज पनि काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकको छाता संगठन नेपाल शिक्षक महासंघले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागीले नाचगानसहित विधेयकको विरोध गरेका छन् । 

आफ्नो माग पूरा नभएसम्म आन्दोलन नरोक्ने उनीहरूको भनाइ छ । उनीहरूको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात सेवा भने प्रभावित भएको छ । जसकारण यात्रुलाई सास्ती भएको छ । ​यसैबीच सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता गृह मन्त्रालयमा चलिरहेको छ । 

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकले १७बुँदे माग अघि सारेका छन् । आफूहरूका मागका बारेमा शिक्षक संगठनका प्रतिनिधिले बिहीबार बिहान र साँझ तथा आज बिहान पनि मन्त्रीहरूसँग छलफल गरेका थिए । 

शिक्षक आन्दोलनको तेस्रो दिन : कहिले प्रदर्शन कहिले नाचगान :





 

 

  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार १७:३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया