बझाङको छबिसपाथिभेरामा खुकुरी प्रहार गरी वृद्धको हत्या
हत्या आरोपित बिजुली मण्डेल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बझाङमा खुकुरी प्रहारबाट एकजना हत्या भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् । 

शुक्रबार साँझ साढे ७ बजे सामान्य विवादमा बिजुलीले जैलुको हत्या गरेका मृतकका भतिज मीनबहादुर मण्डेलले जानकारी दिए । बिजुलीले जैलुको घरकाे आँगनमै गएर खुकुरी प्रहार गरेका थिए ।  

हत्या आरोपित बिजुलीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  
 





  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार २१:४५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया