logo-img

सिटीको सहज जितमा फोडेन र हालान्डको गोल

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले नटिङ्घम फोरेस्टविरुद्ध सहज जित निकालेको छ । गएराति इतिहाद मैदानमा भएको खेलमा  नटिङ्घमविरुद्ध सिटीले २–० को जित निकालेको हो ।  

दोस्रो हाफमा १० खेलाडीमा सीमित सिटीको जितमा फिल फोडेन र इर्लिङ हालान्डले एक/एक गोल गरे । खेलमा सातौं मिनेटमा फोडेनले सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।  

१४ औँ मिनेटमा हालान्डले सिटीको अग्रता दोब्बर बनाए ।

खेलको ४६ औँ मिनेटमा रोड्रीले रातो कार्ड खादै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सीमित बनेको थियो ।

यो जितपछि शीर्ष स्थानको सिटीले ६ खेलबाट १८ अंक जोडेको छ । लिगमा उसले ५ अंकको अग्रता लिएको छ । पराजित नटिङ्घमको ६ खेलबाट ७ अंक छ । ऊ ११ औँ स्थानमा छ ।  






  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार ७:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया