logo-img

ह्यारी केनको ह्याट्रिकमा बायर्नले फराकिलो जित

बायर्न म्युनिखले बुन्डेसलिगामा फराकिलो जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा बायर्नले भीएफएल बोचुमविरुद्ध ७–० गोल अन्तरको जित निकालेको हो । 

बायर्नको जितमा ह्यारी केनले तीन, चापो मोटिङ, डि लिट, लिरो साने र मेथिस टेलले एक/एक गोल गरे । खेलमा चौथो मिनेटमा चापो मोटिङको गोलबाट बायर्नले सुरुआताी अग्रता लिएको थियो ।

खेलको १२ औँ मिनेटमा गोल गर्दै बायर्ननको अग्रता दोब्बर पारे । उनले ५४ औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे ।



केनले खेल सकिन दुई मिनेट अघि ह्याट्रिक पूरा गरेका थिए ।  उनले दुई गोलका लागि असिस्ट पनि प्रदान गरे । 

केनकै गोलमा बुुधबार बायर्नले च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई ४–३ ले हराएको थियो । बायर्नले बुन्डेसलिगामा चार जित र एक बराबरीसहित ५ खेलबाट १३ अंक जोडेको छ । ऊ तालिकाको शीर्ष स्थानमा छ ।
 






  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार ७:३५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया