९ मिनेटमा ३ गोल गर्दै शीर्ष स्थानमा फर्कियो बार्सिलोना
फाइल तस्बिर

स्पेनिस ला लिगामा सेल्टा भिगोविरुद्ध पुनरागमन जित निकालेको छ । गएराति सम्पन्न खेलमा उसले भिगोविरुद्ध ३–२ को पुनरागमन जित निकालेको हो । 

ओलम्पिक लुइस मैदानमा ८० मिनेटसम्म बार्सिलोना २–० ले पछि परेको थियो । तर, उसले ९ मिनेटमा ३ गोल गर्दै रोमाञ्चक जित निकाल्यो ।  

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई र जोआओ कन्सेलोले एक गोल गरे । भिगोका लागि जर्जेन स्ट्रान्ड लार्जन र अनास्टासिओस डोउभिकासको नाममा एक/एक गोल रह्यो ।  

यो जितपछि बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । उसले ६ खेलबाट पाँच जितसहित १६ अंक जोडेको छ । 



समान अंकको जिरोना दोस्रो स्थानमा तथा एक खेल कम खेलेको रियल मड्रिड १५ अंकसहित तेस्रो स्थानमा छ ।  




  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार ८:७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया