सडकमै सुतेर निरन्तर आन्दोलनमा राहत शिक्षक

असन्तुष्ट राहत शिक्षकहरूले सडकमै सुतेर आज पनि आन्दोलन जारी राखेका छन् । सोमबार राहतका शिक्षकले शिक्षक महासंघ र सरकारबीच भएको सातबुँदे सहमतिमा असहमति जनाउँदै आन्दोलनलाई थप सशक्त बनाएका छन् ।

सरकारले सहमति गर्दा राहत शिक्षकका मागको सम्बोधन नगरेको भन्दै राहत शिक्षकले आज काठमाडौंको बबरमहलमा सुतेर प्रदर्शन गरेका हुन् । 

आन्दोलनमा सहभागी शिक्षक मानबहादुर बुढाले आफूहरूको माग सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलन गर्ने बताए । 

उनले भने, ‘सरकारले हाम्रो माग पूरा नगरेसम्म चरणबद्ध रूपमा आन्दोलन गर्नेछौँ । हामी दबाब दिनेछौँ । आज सडकमा सुतेर आन्दोलन गरिरहेका छौँ । फेरि रातभरि सडकमै सुतेर आन्दोलन गर्नेछौँ । आन्दोलन जारी नै रहनेछ ।’ 

सरकारले यसरी विधेयक संसदमा पास गराएर नीति बनाउँछ भने पाँच वर्षपछि नेपालमा शिक्षक एउटा पनि नपाइने भन्दै उनले भने, ‘सरकारले यो विधेयक संसदमा पास गराएर नीति बनाउँछ भने पाँच वर्षपछि नेपालमा शिक्षक एउटा पनि पाइँदैन । कोही विद्यार्थी शिक्षण पेसामा जान मान्दैन ।’ 
 





  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार १६:४०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया