logo-img

कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दुई मन्त्री र दुई राज्यमन्त्री थप गरी मन्त्रिमण्डल विस्तार गरेका छन् । 

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को  उपधारा(९) बमोजिम लिलावल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, बुद्धिकुमार राजभण्डारीलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री, रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र निरन राईलाई आर्थिक ममिला तथा योजना राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज यहाँ आयोजित एक समारोहबीच मन्त्री अधिकारी र राजभण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराए । यसैगरी मुख्यमन्त्री कार्कीले मन्त्री महतो र राईलाई पद तथा गोपनीयताको शपथग्रहण गराए । 







  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार १९:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया