राहत शिक्षकको आन्दोलन जारी, आज पनि सडकमै सुतेर जनाए विरोध

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राहत शिक्षकले आज पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । सोमबार मध्यान्ह माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म विरोध प्रदर्शनी गर्दै उनीहरूले सडकमै सुतेर विरोध जनाएका हुन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् । 

आन्दोलित शिक्षकमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक छन् । गत ७ असोजमा नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षकलगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले शतप्रतिशत स्थायीको माग राख्दै आएका छन् । 





  • प्रकाशित मिति : असोज ९, २०८० मंगलबार १४:३२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया