सहकर्मीमाथि भएको हातपातविरुद्ध डाक्टर सडकमा (फोटो फिचरसहित)
ऐन कार्यान्वयनमा जोड

पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

मंगलबार माइतिघरमण्डलमा सेतो कोट लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरूले आक्रमणकारीलाई कडा कारबाही गर्नुपर्ने र आफूहरूको भौतिक सुरक्षाको माग गरेका छन् । 

आन्दोलनमा सहभागी डाक्टर आनन्द सिंहले सहकर्मीमाथि हातपात गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्ने आफूहरूको माग रहेको बताए । ‘कानुनी ऐन हामीसँग छ । त्योअनुसार कारबाही अगाडि बढेको छैन । स्वास्थ्य सुरक्षा ऐन छ, त्यो ऐन अनुसार कारबाही अगाडि बढ्नुपर्यो,’ उनले भने । 

त्यस्तै, डाक्टर कपिल गौतमले पनि देशका विभिन्न ठाउँमा सहकर्मीमाथि आक्रमण भए पनि सरकारले त्यसलाई गम्भीर रूपमा नलिएको भन्दै आक्रोश पोखे । 

उनले भने ‘देशको दूरदराजमा काम गर्ने साथीहरू, दुव्र्यवहार र सांघातिक हमतामा पर्नुभएको छ । जस्तैः हेटौँडाको काण्ड, चितवनको काण्ड, पोखराको काण्ड, यसरी नियोजित रूपमा हमला गरिए तापनि नेपाल सरकार गृह प्रशासनले, स्थानीय सरकारले यसलाई खासै गम्भीर रुपमा नलिएर कानुनी प्रक्रिया अगाडि नबढाएकाले हामी खेद प्रकट गर्दछौँ । हाम्रो सुरक्षाको प्रत्याभूति गर्नुपर्यो राज्यले ।’

‘दोषीलाई खुल्ला छुट’, ‘डाक्टरमाथि बुटैबुट’, ‘अस्पताल नआऊ, डाक्टर र बिरामीको ज्यान बचाऊ’, ‘डाक्टर कुट्न पाइँदैन’, ‘पेसा छाडौँ कि देश छाडौँ ?’ लगायत प्लेकार्ड बोकेका थिए । 



लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएपछि मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरबाही गरेको भन्दै हातपात गरेको थियो । सोही घटनालाई लिएर आज काठमाडौंमा पनि डाक्टरहरू विरोधमा उत्रिएका हुन् ।
 



 

 

  • प्रकाशित मिति : असोज ९, २०८० मंगलबार १५:४५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया